‘लालीबजार’ विरुद्ध अदालतमा मुद्धा

फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत, पाटनमा आज सोमबार रिट दायर भएको छ।

आज सोमबार वादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी हुन्। रिट दर्ता भएको उच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। अदालतले भोली मंगलबारलाई रिटमा पेसी तोकेको छ।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। यो फिल्म वैशाख १८ गतेबाट रिलिज गर्ने तय भएको छ।

सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको छ।