न्यु डायमण्ड पिएम कप लिगको फाइनलमा
न्यु डायमण्ड युथ स्पोर्टस क्लब लगातार चौथो जित निकाल्दै दसौं पिएम कप एनभिए लिगमा महिलातर्फको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको छैंटौं दिन मंगलवार न्यु डायमण्डले एपिएफलाई ३-१ ले हराएसँगै अन्तिम दुईको यात्रा तय गरेको छ। न्यु डायमण्ड २५-२१,२०-२५,२५-१८,२५-२१ ले विजयी भएको हो। अन्तिम खेलअघि नै न्यु डायमण्ड उपाधि भिडन्त पक्का […]