पक्राउ पुर्जीविरूद्ध शेरबहादुर देउवाको रिट:सर्वोच्चद्धारा दुवै पक्षलाई बोलावट
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। आज मंगलबार न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने, नगर्ने विषयमा छलफलका लागि जेठ ११ गतेको पेसी तोकिएको छ। ‘ अनुसन्धानको मिसिल हेरी अपनाइएका प्रक्रियाहरूको समेत परीक्षण गरी अन्तरिम […]