भोटेकोसी बाढीको स्थलगत अध्ययन-७ सदस्यीय वैज्ञानिक समिति गठन
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो समितिले भोटेकोसी बाढीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउने छ। मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रुपमा गरेको अध्ययनमा विभिन्न नामहरु छलफलमा आएका छन्। आयोग सचिवालयका सहसचिव टिका बरालकाअनुसार छलफलमा […]