नेपाली गृहमन्त्रीको भारतमा भेटघाट
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा,अपराध नियन्त्रण र विपद् व्यवस्थापनका निम्ति सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । गुरुङले आतंकवाद, लागुऔषध ओसारपसार,मानव बेचबिखन,सम्पत्ति शुद्धीकरण,अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्य आवश्यक रहेको बताएको जानकारी […]