आर्सनलले सिटीलाई हराउँदै जित्यो कम्युनिटी शिल्ड
इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० ले पराजित गर्दै २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतमै अग्रता बनायो। खेल सुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अघि बढाए। आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो। नयाँ खेलाडी क्रिस्टोस त्जोलिसले मार्टिन ओडेगार्डको […]