भन्सार दोब्बर बनाउँदा सुन आज तोलामा साढे २० हजार रुपैयाँले महँगियो
सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। बजेट सार्वजनिक भएको दुई दिनपछि आइतबार बजार खुल्दा सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ३०५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन […]