एनएमबि बैंकले “सम्पदा हेरचाह हाम्रो जिम्मेवारी, वातावरण संरक्षण हाम्रो आवश्यकता” नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।





कोशी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथिभरा मन्दिर झापा सम्म, मधेष प्रदेशमा बिरगंज शाखा देखि सन्कराचार्य गेट सम्म, बागमती प्रदेशको काठमाडौंमा गठ्ठाघर शाखा देखी बोडे, मध्यपुर थिमि सम्म र चितवनमा लायन्स चोक देखि हरिहर मन्दिर सम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखा देखि राम मन्दिर बिरौटा सम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखा देखि मोक्ष धाम सेवा आश्रम सम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखा देखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्ट देखि गोदावरी शिव मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ
