म अप्ठ्यारो मान्छे हुँ नि – देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूलाई नराम्रो मान्छेको संज्ञा दिएका छन् । आज सोमबारको बैठकमा उनले भने, म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन। म अप्ठेरो मानिस हुँ नि, विचार गर्नुस्।’

उनले थपे, आफ्नो कार्यकाल ४ वर्षको रहेको र विधानले थप गर्न १ वर्ष र संविधानले ६ महिनाको समय दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने विषयमा अरुले भनेर नहुने बताएका छन्। जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ०८३ असारपछि अवकाश लिनुस् भनेर भनेलगत्तै देउवाले जवाफ दिएका हुन्।

‘मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले बोल्दा यति धेरै प्रशंसा भयो।मेरो आग्रह छ- अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस्। शितल निवासबाट निस्केर पूर्वराष्ट्रपति राजनीतिमा हामफालेका बेलामा यो देशलाई साँच्चै अभिभावकत्व जरूरी छ’ उनले भनेका थिए।

देउवाले हालै चितवनमा पुगेर आफ्नो रिटार्यड हुने समय आएको र कांग्रेसलाई एक बनाउने इच्छा भएको बताएका थिए।