सर्वोच्चको आदेश : ओझा अझै अध्यक्षमै

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सरकारले गरेको बर्खास्ती निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । यससँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि रोकिएको छ ।

चार महिनामात्र प्राधिकरणमा कार्यभार सम्हालेका ओझालाई कार्यसम्पादन कमजोर रहेको भन्दै सरकारले हालै बर्खास्त गरेको थियो । तर, सो निर्णयको विरोध गर्दै ओझाले गत आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अदालतको आदेशपछि ओझा यथावत् रूपमा अध्यक्षको पदमा कायम रहने भएका छन् । अब यस विषयमा अन्तिम सुनुवाइपछि मात्रै टुंगो लाग्नेछ ।