आइएमई लाइफको नाफा स्थिर गतिमा, पहिलो तीन महिनामा ९.१७% वृद्धि

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा सामान्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ भएको छ।

त्यस्तै, कुल दाबी भुक्तानी २८.६१ प्रतिशतले बढ्दै १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीको कुल खर्च पनि २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ (Net Worth per Share) १३७ रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ३३.५६ गुणा रहेको विवरणमा उल्लेख छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ।

  • Clock icon
    २०८२ कार्तिक २५, मंगलवार