पूर्व भूमीमन्त्री रानाद्धारा एमाले राजनीतिबाट बिदा

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। उनले आजै शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गरेका हुन्।

उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताएका हुन्।

‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले भोली २०८२साल मंसिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश ,जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु,’ उनले लेखेका छन्।

उनी २०७० सालमा भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

जिम्मेवारीबाट मुक्त हुने आदरणीय नेता गण,सहकर्मी साथीहरु,कार्यकर्ता,समर्थक तथा शुभचिन्तक मित्रहरु,

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार