काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ।
महासंघले जनाएअनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
