पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पाण्डेलाई शुक्रबार पक्राउ गरेको हो।

सिआईबीको अनुसार उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो। सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै अख्तियारले ०७५ सालमा पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।