क्रम्टन कुलर बजारमा नयाँ उर्जा

काठमाडौँ । नेपालको बढ्दो गर्मी र उपभोक्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै क्रम्टन ब्राण्डका नयाँ एयर कुलरहरू नेपाली बजारमा सार्वजनिक गरिएको छ। घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने गरी डिजाइन गरिएका डेजर्ट एयर कुलर, टावर एयर कुलर र पर्सनल एयर कुलरहरू बजारमा ल्याइएका हुन्।

आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषतासहित तयार गरिएको यो नयाँ श्रृंखलाले विभिन्न आवश्यकताअनुसार भरपर्दो चिस्यान समाधान दिने लक्ष्य राखेको छ।

यस श्रृंखलामा ओजोन, गेल, जेलस, अप्टिमस, स्योर ब्रिज र जेडी प्याक मोडेलहरू समावेश छन्। यी मोडेलहरू पानी ट्याङ्की क्षमता, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा फरक–फरक प्रयोगका लागि डिजाइन गरिएका छन्। उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले दीर्घकालीन चिस्यान र टिकाउपन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

क्रम्टनका यी एयर कुलरहरूमा आधुनिक प्रविधिहरू समावेश गरिएको छ। लामो समय टिक्ने पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने व्यवस्था, निरन्तर पानी आपूर्ति प्रणाली र स्वतः हल्लिने लुभर्सले कोठाभरि समान चिस्यान प्रदान गर्छन्। साथै, मोटर सुरक्षा प्रणालीले उपकरणलाई सुरक्षित र भरपर्दो बनाउँदै दैनिक प्रयोगमा सहजता प्रदान गर्छ।

टावर कुलरहरू सानो स्थान र आधुनिक घर सजावटसँग मिल्ने गरी डिजाइन गरिएका छन् भने पर्सनल कुलरहरू व्यक्तिगत प्रयोग वा साना कोठाका लागि उपयुक्त छन्। डेजर्ट कुलरहरूले भने ठूलो क्षेत्रफलमा प्रभावकारी चिस्यान प्रदान गर्दै उच्च आवश्यकताहरू पूरा गर्ने क्षमता राख्छन्।

नेपालमा यी सम्पूर्ण उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध गराइँदै आएका छन्। क्रम्टनका पंखा, मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूले पनि नेपाली बजारमा बलियो उपस्थिति बनाउँदै उपभोक्ताको विश्वास जित्दै आएका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले विशेष स्किम समेत सार्वजनिक गरेको छ। सीमित अवधिका लागि आकर्षक छुट उपलब्ध हुनेछ। साथै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत एक जना विजेताले क्रम्टनको मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरूप एक भाग्यशाली विजेताले डबल डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्नेछन्।