कारोबार हुने साताको पहिलो दिन आज नेप्से ठूलो अंकले ओरालो

साताको पहिलो कारोबार दिन आज  सोमबार शेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ ।

यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाएपनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो ।

आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक विदाका कारण बन्द रहेको थियो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो । २७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रहेको शेयर कारोबार मापक स्टक एक्सचेञ्जले जनाएको छ ।

 

माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो । तीन समूह जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ०।८६, विकास बैंक २।१४, फाइनान्स ०।९६, होटल तथा पर्यटन १।३५, जलविद्युत् २।२३, लगानी १।३६, जीवन बीमा ०।४९, उत्पादन तथा प्रशोधन २।५४, निर्जीवन बीमा ०।९३, अन्य ०।५० तथा व्यापार १।३८ प्रतिशत घटे ।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्ते झापा इनर्जीको ७.९९ प्रतिशत बढ्यो । आज मूल्य बढ्नेमा ऋणपत्र अगाडि रहे । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो ।

माइखोला हाइड्रोपावरको ८.५९, नारायणी डेभलपमेन्ट बैंकको ८.५६ तथा साल्पा विकास बैंकको ८.०१ प्रतिशत मुल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक छन्।