नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज शुक्रबार बस्दै छ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा नेताहरूको कार्यविभाजन हुने छ।
गत मङ्सिरमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन।
