पछिल्लो समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको शेयर बजार परिसूचक नेप्से घटेको छ।
साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ९.२४ अंकले घटेर २७७७.१० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २७.८५ अंकले बढेर बन्द भएको थियो।
नेप्से परिसूचक सँगै काराबारमा पनि घटेको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार ४ सय ५ कित्ता सेयर ५२ हजार ६ सय ९२ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ८७ करोड ७० लाख रुपैयाँको शेयर खरिदबिक्रि भएको थियो।
आजको कारोबारमा सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडकोे सेयर ९।२३ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०।५६ प्रतिशत घटेको छ।
नयाँ सरकार गठन भएसँगै पुँजी बजारले नयाँ गति लिने आशामा रहेका लगानीकर्ताहरूका लागि आजको सामान्य वृद्धिले थोरै राहत त दिएको छ, तर बजारमा पूर्ण उत्साह भने अझै फर्कन सकेको छैन।
यही हप्ता सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेकाले पनि लगानीकर्ताहरू थप चनाखो बनेका छन्।
सरकारले आगामी बजेटमार्फत सेयर बजारलाई कस्तो प्राथमिकता दिने हो र नीतिगत क्षेत्रमा कस्तो सुधारका कामहरू हुने हुन् भन्ने विषयमा अझै स्पष्टता आउन नसक्दा धेरैजसो लगानीकर्ताहरू आगामी रणनीति तय गर्न अलमलिएका देखिन्छन्।
बजेट आउनुअघिको यो अन्योलताका कारण ठूला र संस्थागत लगानीकर्ताहरू अहिले पनि पर्ख र हेर को रणनीतिमा बस्दा बजारले ठूलो फड्को मार्न नसकेको हो।अहिलेको बजार साना तथा खुद्रा लगानीकर्तामा मात्रै सिमित देखिन्छ।
