भोलीदेखि नै महंगो हुने भयो चुरोट, रक्सी र बियर-बजेट

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार

सरकारले चुरोट, रक्सी र बियरको अन्त शुल्क बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले ती वस्तुको अन्त शुल्क बढाएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा अन्तस्शुल्क करिब १० प्रतिशतसम्म बढाएका छन् । रक्सी र बियरमा बढाइएको अन्त शुल्क बजेट भाषणमा वाग्लेले समावेश गरेका छैनन् ।

त्यसैगरी सरकारले गैरकर राजस्व परिचालन प्रभावकारी बनाउन छाता कानुन ल्याउने समेत वाग्लेले बताए । सरकारले नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चापदार्थ आयातमा भन्सार महसुल छुट दिने व्यवस्था बजेटमा गरेको छ ।

त्यस्तै आवासीय भवनको बीमाबापत अधिकतम १० हजार रुपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था बजेटले गरेको छ ।

विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गाप्राप्ति गर्दा घरजग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको वाग्लेले बताए ।

कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्णरूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याबसहित मेसिनरी उपकरण आयातमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने व्यवस्था गरिएको उनले बताए ।
जसले गर्दा चुरोट, रक्सी र बियर महंगो हुने भयो । जेठ १६ गतेदेखि नै बजारमा यि वस्तुको मूल्य बढेर आउने पक्का रहेको अर्थविदहरु बताउँछन् ।

  • Clock icon
    २०८३ जेष्ठ १५, शुक्रबार