ब्रीज इन्टरनेशनलका सीईओ गिरी एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनीत

काठमाण्डौ – नेपाल स्कुल स्पोट्र्स फेडेरेसन (एनएसएसएफ)ले ब्रीज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन गिरीलाई एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनीत गरेको छ ।

काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल स्कूल स्पोट्र्स फेडेरेसनका महासचिव राजकुमार कार्कीले गिरीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन र एनएसएसएफबीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवद्र्धनका लागि सम्झौता पनि भएको छ ।

दुई पक्षले शिक्षा र खेलकुदलाईसँगै अगाडि बढाउने उदेश्यका साथ खेल विकाससँगै विश्वविद्यालयमा छात्रवृत्तिका लागि सहकार्य गरेका हुन् ।