कांग्रेसको अनुशासन समितिको बैठक आज बुधबार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बुधबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बुधबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन्।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ।

बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।