कस्तो छ बागमती प्रदेशको बजेट ?

बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आज सोमबार बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराए।