पठाओले नेपालसँगै बंगलादेश र श्रीलंकाबाट पर्यटक भित्र्याउदै

पठाओले नेपालसँगै बंगलादेश र श्रीलंकाबाट पर्यटक ल्याएर हेलिकप्टर सेवा दिने गरी तयारी गरेको छ ।

यसका लागि बंगलादेशको इस्टर्न बैंक पब्लिक लिमिटेड कम्पनी र श्रीलंकाको बैंकसँग सहकार्य गरेर ती देशका पर्यटक नेपाल ल्याउने गरी काम गरिरहेको पठाओले जनाएको छ ।

‘बंगलादेश र श्रीलंकाको बैंकले आफ्ना ग्राहकका लागि नेपालमा हेलिकप्टर सयरको स्किम बनाउने र त्यसअनुसार उनीहरुलाई पठाओ हेलीले नेपालमा यात्रा गराउने गरी काम भइरहेको जनएको छ ।

बंगलादेशमा पठाओ राइड सेयरिङमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको कम्पनी हो।

घुमघाम र पर्यटन प्रवर्द्धनमा मात्रै होइन, आपत्कालीन सेवामा पनि पठाओमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने गरेको छ ।

‘पठाओको वेबसाइटमा उपलब्ध नम्बरबाट हाम्रो कल सेन्टरमा फोन गरेर आपत्कालीन सेवाको लागि पनि हेलिकप्टर बुकिङ गर्न व्यवस्था गरिएको छ ।

आपत्कालीन सेवामा हेलिकप्टर बुकिङ गर्दा उडान प्रतिघण्टाको हिसाबले मूल्य तिर्नुपर्ने नियम लागु गरिएको छ ।

अहिले प्रतिघण्टा हेलिकप्टर उडानको मूल्य ३५ सय रुपैयाँ अमेरिकी डलर छ।