जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले भनेकी छन्, ‘स्थानीय सञ्चारमाध्यमले ५ जना जापानी नागरिक बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन्, जसले मलाई गहिरो चिन्तामा पारेको छ।’
नेपालस्थित जापानी दूतावासले ती ५ जना नागरिकलाई सम्पर्क गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको र खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको उनले जानकारी दिएकी छन्।
काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी ५ जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्तै चिन्तित बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्। उनले भनेकी छन्, ‘स्थानीय सञ्चारमाध्यमले ५ जना जापानी नागरिक बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन्, जसले मलाई गहिरो चिन्तामा पारेको छ।’
नेपालस्थित जापानी दूतावासले ती ५ जना नागरिकलाई सम्पर्क गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको र खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको उनले जानकारी दिएकी छन्।
‘जापानको समयअनुसार बिहान ३स्३० बजेसम्म मलाई त्यहाँको सञ्चार अवस्थाबारे पूर्ण जानकारी छैन, तर यदि त्यस क्षेत्रमा एक्समा यो पोस्ट देख्ने कसैलाई उनीहरूको सुरक्षा वा अवस्थाबारे जानकारी छ भने, कृपया नेपालस्थित जापानी दूतावासलाई खबर गरिदिनुहोला,’ उनले अपिल गरेकी छन्।
उनले दूतावासमा सम्पर्क गर्नका लागि+९७७-१-४५२६-६८० नम्बर समेत उपलब्ध गराएकी छन्।
आफ्नो सन्देशमा उनले आफ्ना नागरिक, नेपाली जनता र त्यहाँ रहेका सबै विदेशी नागरिकहरूको सुरक्षाको कामना गर्दै सबैको अमूल्य जीवनको रक्षा होस् भनी प्रार्थना गरेकी छन्।