हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, हिजो बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू९भागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
आज शुक्रबार राति देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा-सातै प्रदेशमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।
भोली शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।
