आज पनि नेप्सेमा गिरावट

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बिहिबार १ दशमलब शुन्य ४ बिन्दुले ओरालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य ४ प्रतिशतले कम भई २५५७ दशमलब ३१ बिन्दुमा पुगेको छ ।

आज कूल ३४८ कम्पनीको ५२५७५ कारोबारबाट ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैयाँ बराबरका १ करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।