काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ र कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट संकलन गरेको ८ लाख ५३ हजार १८ रुपैयाँ गरी कुल ३३ लाख ५३ हजार १८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।
