रसुवा–भोटेकोशी बाढी प्रभावितका लागि लक्ष्मी सनराइजको ३ करोड २४ लाख सहयोग

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बैंकले तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि समेत आफ्नो सहयोग निरन्तर रहने जनाएको छ।

बैंकले विपद्को कठिन समयमा राहत तथा उद्धारमा खटिएका उद्धारकर्मी, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै प्रभावित नागरिकको दुःखमा आफूहरू साथमा रहेको जनाएको छ।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यो योगदानले विपद्पछिको मानवीय सहायता अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार