काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन् । बैंकका सीईओ सुयोग श्रेष्ठको ८ बर्षे कार्यकाल सकिएपछि सीईओमा सिजापतिलाई नियुक्त गरिएको हो । सञ्चालक समितिको बैठकले सिजापतिलाई चार वर्षेका लागि सीईओमा नियुक्त गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट सिजापतिले यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध भई बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।
