इलाम । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ताको नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभिकर्ता नेतृत्व विकास अभियान सञ्चालन गरेको छ।
इलामस्थित ग्रिन भ्यु होटलमा आयोजित कार्यक्रममा नेतृत्व विकास, कार्यसम्पादन सुधार, ग्राहक सम्बन्ध व्यवस्थापन तथा बीमा व्यवसायका आधारभूत विषयमा प्रशिक्षण दिइएको थियो।
इलाम शाखा प्रमुख प्रवेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रमुख देशराम चौधरीले प्रशिक्षण दिएका थिए। शाखाका अभिषेक तामाङले कार्यक्रम समन्वय गरेका थिए।
कार्यक्रममा उत्कृष्ट योगदान पुर्याउने प्रकाश अधिकारी, टीका खत्रीवडा र बिमा श्री ठाकुर खत्रीवडालाई प्रमुख कार्यकारी अधिकृत क्लबको सदस्यका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, प्रदेश क्लबका सदस्य सोम सुसेले, सुनील बानियाँ र पुनम पराजुलीलाई उत्कृष्ट कार्यसम्पादनका लागि प्रशंसासहित सम्मान गरिएको थियो।
शाखा प्रमुख पराजुलीले अभिकर्तालाई समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै क्षेत्रीय रूपमा बीमा पहुँच विस्तार गर्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताए।
