एभरेस्ट बैंकले बाँड्यो १५ प्रतिशत लाभांश

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट आफ्ना सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा लाग्ने लाभांश करसमेत समावेश गरिएको छ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले असोज १ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअनुसार भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जको अभिलेखमा कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

बैंकको वार्षिक साधारणसभा असोज १४ गते आयोजना हुने तय भएको छ। असोज १ गतेको सेयरधनी दर्ता किताब बन्द हुने मितिपछि कायम हुने सेयरधनी भने प्रस्तावित लाभांशका लागि योग्य हुने छैनन्।