काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ।
गाभ्ने तथा प्राप्ति प्रक्रिया अघि बढाउने
सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ।
त्यस्तै, सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण पारित गर्नेछ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
असोज ७ गतेसम्मका शेयरधनी लाभांशका लागि योग्य
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
