पक्राउ परे एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डे

अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।

कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएको हो।

एन्फामा आर्थिक अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको हो। हिजो शुक्रबार एन्फा कार्यालय सातदोबाटोमा गएर सीआईबीले कागजात, कम्प्युटर र मोबाइल पनि बरामद गरेको छ।

अहिले पक्राउ परेका दुवै जनालाई सीआईबीको कार्यालय लाजिम्पाट लगिएको छ। सोधपुछ भइरहेको र आवश्यक परे हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने सीआईबीको तयारी छ।