ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा सातौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२६ अर्को साता हुने भएको छ ।
एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२६ असोज ११ गते आइतबार -अक्टोवर ४ लिडकमस्थित अवर्न बास्केटबल सेन्टर हुनेछ ।
रनिङ कपमा पुरुषतर्फ १३ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आइतबार दुई समूहमा विभाजन गरिएको छ ।
जसअनुसार पुरुषतर्फ पोल ‘ए’ मा मंगला समाज, पर्वत बेनी युनाइटेड -रातो, दि गोर्खा स्पोट्र्स युथ क्लब, पोखरा भलिबल क्लब, गल्कोट समाज, आयोजक ढोरपाटन क्लब र पर्वत बेनी युनाइटेड -निलो रहेको छ ।
यस्तै पोल ‘बी’ मा सनराइज युथ क्लब, म्याग्दी काली युनाइटेड -रातो, मोना अस्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया ९सिपिए०, म्याग्दी जलजला परिवार र म्याग्दी काली युनाइटेड -ओरेन्ज परेको छ ।
महिलामा म्याग्दी काली युनाइटेड, मोना अस्ट्रेलिया र म्याग्दी जलजला परिवार पोल ‘ए’ मा तथा आयोजक ढोरपाटन र मंगला समाज पोल ‘बी’ मा रहेको छ ।
पुरुषतर्फको विजेताले ३ हजार ५ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ हजार अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै महिलातर्फको विजेताले १ हजार ८ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले १ हजार अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला र पुरुष दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले समान १ सय ५0 अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुष र महिला दुवैतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिवेरो र प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसै प्रतियोगिताको लागि एक साताअघि नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका उदियमान स्पाइकर सुनिल बोहोरा अस्ट्रेलिया आइसकेका छन् । उनले आयोजक ढोरपाटनबाट खेल्नेछन् ।
यस्तै यो प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय टोलीका पुर्व कप्तान इम बहादुर राना र मान बहादुर श्रेष्ठसँगै टेक राज अवस्थी, विशाल बहादुर विक, रविन चन्द ठकुरी, दिल बहादुर सुनार, राजेन्द्र विष्ट, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, सफल विश्वकर्मा, सम्राट भण्डारी, सरन सामरी क्षेत्री, दुर्गा बहादुर खड्का, ईश्वर थापा मगर, दुर्गा महतो, विजय थापा र बसन्त जोशीले खेल्नेछन् ।
महिलातर्फ पुर्व कप्तान अरुणा शाही, प्रतिभा माली सरस्वती चौधरी, साफिया पुन, कविता भट्ट, पुनम चन्द र मनिषा चौधरीले खेल्नेछन् ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई स्टुडेन्ड भाइब्स र एसएनबी क्लिनिङ सर्भिसेसले मुख्य प्रायोजन गरेको छ ।
सिल्भर प्रायोजकमा गोर्खाज पेन्टिङ, ट्राभल्स पार्टनरमा दा भिन्ची, ग्रोसरी पार्टनरमा लुम्बिनी मिट एण्ड ग्रोसरी, ज्वेलरी पार्टनरमा नमस्ते ज्वेलर्स, मिट पार्टनरमा डि वाइ बट्चर, रेमिट्यान्स पार्टनरमा एक्सप्रेस सेवा र मिडिया पार्टनरमा याक प्रोडक्सन रहेका छन् । फुड पार्टनरमा जमघट नेपाली रेष्टुरेन्ट रहेको छ ।
