कारोबार हुने साताको अन्तिम दिन आज नेप्से दोहोरो अंकले गिरावट

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार

यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा पुगेको थियो।

त्यस्तै सोमबार १६.४७ अंक, मंगलबार ९.६२ अंक र बुधबार ४.८२ अंकले घटेको नेप्सेमा बिहीबार सामान्य सुधार देखिएपनि आज शुक्रबार भने दोहोरो अंकको गिरावट देखिएको हो।

आज कारोबार रकम पनि घटेको छ। ४ अर्ब २९ करोड १४ लाख ६९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार पुगेको थियो।

क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंकले घटेको छ। आज एनएमबी डिबेन्चर १०.७५ प्रतिशत-२०८९/९० को शेयर मूल्य १४.२९ प्रतिशतले बढेको छ।

कुल ३५६ स्टकको ४३ हजार ६ सय १ पटकको कारोबारमा १ करोड १९ लाख ९ हजार २८३ कित्ता शेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएको २ उपसमूहको परिसूचक बढेको छ। ११ उपसमूहको परिसूचक घटेको छ।

लगानीकर्ताले २०७८ भदौ २ गते कायम भएको हालसम्मकै उच्च ३ हजार १९९.०३ बिन्दुको कीर्तिमान पुनः पार हुने प्रतीक्षा गरिरहेका छन्।

२०८१ साउन ३१ गते नेप्से परिसूचक ३ हजार ०.८१ बिन्दुसम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार २०८२ साउन १३ गते पुनः ३ हजार २.०८ बिन्दुमा पुगेको थियो।

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार