आज विभिन्न क्षेत्रमा असिना सहित वर्षा

  • Clock icon
    २०८३ आश्विन २२, बिहीबार
mausam bivag

पछिल्लो १२ घण्टामा बगमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार जनाएको छ।

मौसम महाशाखाका अनुसार आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

जसअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।

यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ र असिनासहित हल्का वर्षारहिमपातको सम्भावना छ।

साथैे मधेसलगायत कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भने आज दिउँसो भारी वर्षा पनि हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार आज राति पनि कोसी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।

अनि मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।