काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवासहित हरेक पेसामा नैतिकता, निष्ठा र इमानदारिता सफलताको पहिलो आधार भएको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा उनले संविधान र कानुनको पालना गर्दै निष्पक्ष, अनुशासित र जवाफदेही भएर काम गर्न निर्देशन दिए।
प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।

