काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेध भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने औपचारिक निर्णय गरेको हो।
बैंकले नयाँ नेतृत्वका रूपमा भट्टराईलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको छ। उनको नियुक्ति आगामी २०८३ कात्तिक १५ गते (नोभेम्बर १, २०२६) देखि लागू हुनेछ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार भट्टराईले उक्त मितिदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। उनको कार्यकाल चार वर्षको रहनेछ।
यस नियुक्तिसँगै लक्ष्मी सनराइज बैंकले आगामी चार वर्षका लागि आफ्नो कार्यकारी नेतृत्वको जिम्मेवारी सुमेध भट्टराईलाई सुम्पिएको छ।
