साताको चौथो कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबरा नेप्से परिसूचक ०.४८ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ बिन्दुमा पुगेको छ। क वर्गका कम्पनीको उपसुचक सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले घटेको छ।
परिसूचक सँगै कारोबार पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ४४ हजार ४१२ पटकको कारोबारबाट ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
