राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।
राष्ट्रपति पौडेलले आज बुधबार त्रिवि अस्पताल पुगेका थिए। राष्ट्रपति पौडेलले नियमित स्वास्थ्य परीक्षणका लागि पुगेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
रिपोर्ट नआएकाले स्वास्थ्य अवस्थाबारे भन्न नसकिने अस्पतालको भनाई छ ।
८२ वर्षीय राष्ट्रपति पौडेलको मुटुमा समस्या रहेको छ। उनको दुई वर्षअघि मुटुमा पेसमेकर राखिएको थियो।
