राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा सहसचिव शेषनारायण पौडेलले जिम्मेवारी सम्हालेका छन् । साउन १२ गतेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरे अनुसार उनले साउन १८ गतेबाट जिम्मेवारी बहन गरेका हुन् ।