कुवेतमा मदिरा सेवनद्धारा ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

खाडी राष्ट्र कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ । विशाक्त मदिरा सेवन गरेर अशक्त बनेका ३५ जना नेपालीको स्थानीय ६ वटा अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको छ ।

विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको पुष्टि भइसकेको छ ।

कुवेतमा मदिरा सेवन गर्न प्रतिबन्ध छ । तर, नेपालीले लुकिछिपी मदिरा सेवन गरेको घटना बेलाबखत बाहिर आउने गरेका छन् । यसपटक भने विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भइसकेको छ ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार