लिपुलेकमा चीन भारत सहमति : नेपालको संसदमा विरोध गर्दै प्रतिवादको सहमति

दुई छिमेकी देश भारत र चीनले नेपाली भू-भाग लिपुलेक भएर व्यापारी नाका सञ्चालन गर्ने सहमति गरेको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलले एक स्वरमा विरोध गरेका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले लिपुलेक, लिम्पियाधुरा र कालापनीको विषयमा भारत(चीनले गरेको सम्झौताको विरोधमा सांसदहरू एक स्वरमा सुनिएका हुन्।

विहीबारको बैठकमा सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेकै सांसद ठाकुर गैरे, नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला, नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपाली, नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङ लगायतले विरोध गरेका थिए ।

ससद बैठकमा उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको प्रतिवादमा उत्रन आग्रह समेत गरे ।