साफ यू-१९ च्याम्पियनसिप : भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता

साफ यु–१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ । गोल्डेन जुब्ली स्टेडियम, युपियामा मंगलबार भएको खेलमा भारतले नेपाल विरुद्ध फराकिलो जित निकाल्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बनेको हो ।