आजको बजारमा ६ अर्बको शेयर कारोबार

शेयरबजारमा आज ६ अर्ब ६ करोडको खरिदबिक्री भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ४८ लाख कित्ता शेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

कुल कारोबारमा नेपाल पुनर्बीमाको ४५ करोड, हिमालयन रि इन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टिलरीको २६ करोड, नेपाल रिपब्लिक मिडियाको २१ करोड, पिपुल्स पावर लिमिटेडको १८ करोडको कारोबारको मुख्य योगदान मिलेको स्टक एक्सचेञ्जले जनाएको छ ।

यद्यपि सूचक भने ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको छ। यस दिन २१ वटा शेयरको मूल्य बढ्दा २२८ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज सर्वाधिक ६.७७ प्रतिशतसम्मले बढ्दा १० प्रतिशतसम्मले शेयर मूल्य घट्नसमेत पुगेको हो ।