अर्थमन्त्री रामेश्वर र गृहमन्त्री ओमप्रकाश पक्का

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने २ जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।

यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ कुलमान घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।
खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । उनी पूर्व अर्थसचिव पनि हुन् ।

अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।