प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। शपथ ग्रहण समारोहका लागि शितल निवास परिसरमा टेन्ट राख्ने काम अहिले तीव्र गतिमा भइरहेको छ। समारोह यही टेन्टमुनि सम्पन्न हुने तयारी छ।
प्रधानमन्त्री कार्कीले आइतबार अन्तरिम मन्त्रिपरिषद्का लागि तीन नाम सिफारिस गरेकी छन्। अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व सचिव तथा प्रखर अर्थशास्त्री रामेश्वर खनाललाई दिइनेछ। ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्रीको जिम्मेवारी दिइने तयारी छ भने कुलमान घिसिङलाई ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वका लागि सिफारिस गरिएको छ।
नवगठित अन्तरिम सरकारले शान्ति र स्थायित्व कायम गर्दै आर्थिक सुधार र प्रशासनिक सुशासनतर्फ ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।