साउन महिनामा सरकारको चालू खाता ७८ अर्ब १४ करोडले बचतमा देखिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ८ करोडले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको हो।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो।
यसैगरी, समीक्षा अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ८० करोड रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन (फोटो-फिचर)