जोगबनीमा तनाव, रानी नाका बन्द

  • Clock icon
    २०८२ आश्विन १०, शुक्रबार

भारतको जोगबनी बजारमा अशान्त माहौलका कारण बन्द गरिएको मोरङको विराटनगरस्थित रानी नाका खोलिएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्ने रानी नाका अस्थायी रुपमा बन्द गरिएकोमा डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

नाका खोलिए पनि आवतजावत गर्न कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । ‘उता असामान्य परिस्थिति बनेपछि नाका बन्द गरेका थियौं । अहिले सुचारु भइसकेको छ । तर, आउने–जानेमाथि कडाइ गरिएको छ’,उनले भने ।

दुई समुदायबीच विवादका कारण आज बिहानैदेखि जोगबनी बजार तनावग्रस्त छ । उनीहरुबीच झडप भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा बन्द गरिएको हो । जोगबनीमा सस्तो बजार लाग्ने नेपालीहरु सामान किन्न उतै जाने गरेका छन् ।

 

जनआस्थाबाट साभार