शाओमी नेपालले “शाओमी महा फेस्टिवल” अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजको मूल्यमा विशेष छुट दिएको घोषणा गरेको छ। यस पहलले नेपालभरका ग्राहकहरूलाई मनपर्ने स्मार्टफोनमा सजिलै अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीको उद्देश्य हो।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ। नयाँ मूल्यले हामीले दिएको वाचा दोहोर्याउने प्रयास हो र सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ। अब अझ धेरै प्रयोगकर्ताले फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन्।”
कम्पनीले रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य राख्दै ग्राहकहरूलाई सरल मूल्यमा फ्ल्यागशिप अनुभव उपलब्ध गराउने जनाएको छ।
संशोधित मूल्यहरू यसप्रकार रहेका छन्:
- 
रेड्मी नोट १४ ६GB + 128GB: रु 23,999 (पहिले रु 24,999) 
- 
रेड्मी नोट १४ ८GB + 256GB: रु 26,999 (पहिले रु 27,999) 
- 
रेड्मी नोट १४ ९C ८GB + 256GB: रु 29,999 (पहिले रु 30,999) 
- 
रेड्मी नोट १४ ९C १२GB + 512GB: रु 34,999 (पहिले रु 35,999) 
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनले रेड्मी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पूरा गर्दै आएको छ।
संशोधित मूल्यहरू असोज ७, २०८२ (सेप्टेम्बर २३, २०२५) देखि लागू भइसकेका छन् र नेपालभरका सबै शाओमी अधिकृत बिक्रेता, खुद्रा स्टोर तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छन्।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            